• १९ असोज २०८३, सोमबार
  • ८ः२५ राती

प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना, २० जना गम्भीर घाइते

प्रकाशित मिति

२०७८ चैत्र ५ गते, शनिबार ०१:१०

५ चैत्र २०७८, काठमाडौँ : प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

National Life

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस शनिबार दुर्घटना भएको हो।


‘दुर्घटना साढे १२ बजेतिर भएको थियो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी भइरहेको डिएसपी थापाले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

प्रतिकृया