• २३ भदौ २०८३, मंगलबार
  • १२ः१२ राती

नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०४:४६

३ चैत २०७८, काठमाडौं : ज्योति विकास बैंकले नव आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोषमार्फत काठमाडौं बसन्तपुर स्थित नव आदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ।

National Life

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख श्री दिलिप राज बरालले स्कुलका विद्यार्थीहरु लाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सह प्रध्यानाध्यापक द्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो।


नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ। बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।


ज्योति विकास बैंकले हाल ११४ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

प्रतिकृया