• २४ भदौ २०८३, बुधबार
  • १२ः२० राती

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ०४:३७

४ चैत २०७८, काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीले टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

National Life

२०७८ फागुन १० गते उच्च अदालत पाटनले विश्वकर्मालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो । अदालतको फैसलासँगै उनी फरार भएका थिए ।


विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभए पनि चेक काटेका थिए । उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया