रुपन्देहीमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो, दुई जना घाइते
प्रकाशित मिति
२०७८ चैत्र ४ गते, शुक्रबार ०८:२५
४ चैत्र २०७८, काठमाडौँ : रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको देवदह नगरपालिका भलुहीमा हिजो बेलुका लु २ ख ३५७३ नम्बरको टिपरले लु ५८ प ३९६५ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा नवलपरासी सुनवल-४ की ३४ वर्षीया शान्ति भण्डारीको ज्यान गएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनका श्रीमान र तीन वर्षीय छोरा भने घाइते छन् । घाइते दुवै जनाको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १५ पत्थरडाँडामा गएराति मोटरसाइकलबाट खसेर २३ वर्षीय जितबहादुर थापाको ज्यान गएको छ ।मोटरसाइकलका चालक फरार छन् ।
मोटरसाइकलको नम्बर समेत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Related
Recent News
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया