सिटिजन्स बैंकको वार्षिकोत्सव अवसरमा १ महिनाको लागि छुट योजना
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०६:२१
२ चैत २०७८, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइन मार्फत रु १ हजार वा बढीको कारोबार गर्दा एकमुष्ट रु २ सय क्यासब्याक दिइने कम्पनीले जनाएको छ । यसै गरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि रु १ सय को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।
बैंकले योजना अवधि भरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । त्यस्तै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूलाई लागि निः शुल्क डेबिट कार्ड, मोबाइलरइन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्ने बैंकले जनाएको छ ।




प्रतिकृया