• २३ भदौ २०८३, मंगलबार
  • ११ः१६ बिहान

बढ्यो गर्मी, काठमाडौँको तापक्रम ३१ डिग्री पुग्यो

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०६:५८

२ चैत्र २०७८, काठमाडौँ : हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ ।

National Life

गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ । मंगलबार काठमाडौँको अधिकतम तापक्रम ३१.२ डिग्री सेल्सियस पुगेको थियो । देशभर सबैभन्दा बढी धरानमा ३५.७ डिग्री सेल्सियस, नेपालगञ्जमा ३३ डिग्री सेल्सियस, जनकपुरमा ३३.५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।


महाशाखाका अनुसार बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

बिहीबार देशभर मौसम सामान्यतया सफा रहने छ। शुक्रबार देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

प्रतिकृया