• २३ भदौ २०८३, मंगलबार
  • १०ः४८ बिहान

मिस्टर नेपालको अडिसन सुरु

प्रकाशित मिति

२०७८ फाल्गुन २९ गते, आईतवार ०८:५६

२९ फागुन २०७८, काठमाडौँ : नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन्। काठमाडौँमा अडिसन सुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले बताए। उनले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रममा सरकारले सहयोग गरे नेपाली व्यवसायीलाई नै सहयोग पुग्ने बताए। कोभिडपछि खुल्दै गरेको बजार र व्यवसायमा सरकारको सहयोग भए व्यवसायीको मनोबल उच्च हुने बताए।

National Life

उनले अन्य छिमेकी देशमा राष्ट्रिय स्तरका कार्यक्रममा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनुपर्ने बताए। आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यसपटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए।


आयोजक धमलाले भने, ‘मिस्टर नेपाल २०२२ लाई हामीले राष्ट्रिय स्तरबाट पनि केही गभर्मेन्टको सपोर्ट भइदियो भने सहज हुन्थ्यो। छिमेकी राष्ट्र भारत, चीन, कोरियालगायत देशमा सरकारको तर्फबाट राष्ट्रिय लेभलको प्रतियोगितालाई सिधा सरकारले सहयोग गरिरहेको हुन्छ। नेपालमा यस खालको अप्रोच नभएको मैले देखिरहेको छु।

Classic Tech Mobile
Classic Tech Desktop

यो प्रोग्रामले विश्वभर नेपाललाई चिनाउँछ, यसलाई सहयोग गर्न नेपाल सरकारबाट पनि केही हामीलाई सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ। यसले यो कार्यक्रम गर्ने मान्छेलाई पनि ऊर्जा मिल्थ्यो।’ काठमाडौंबाट शनिबारदेखि सुरु भएको अडिसन देशभर नै गर्ने पनि आयोजकले जनाएको छ।

प्रतिकृया