• २० भदौ २०८३, शनिबार
  • ३ः१२ राती

पल शाहका म्यानेजर जोशी पक्राउ

प्रकाशित मिति

२०७८ फाल्गुन २७ गते, शुक्रबार ०६:४२

२७ फागुन २०७८, काठमाडौँ : नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।

National Life

‘अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्दैछौं,’ प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने। नाबालिगको बलात्कार गरेको आरोपमा तनहुँ प्रहरी र नवलपरासी प्रहरीले कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। पललाई प्रहरीले पहिलो पटक सात दिन र दोस्रो पटक १२ दिनको म्याद थप गरेर अनुसन्धान गर्ने अनुमति पाएको छ।

प्रतिकृया