• २० भदौ २०८३, शनिबार
  • ११ः४० राती

हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु

प्रकाशित मिति

२०७८ फाल्गुन २६ गते, बिहीबार ०८:५६

२६ फागुन २०७८, काठमाडौँ : हेटौँडा उपमहानगरपालिकाको सहयोगमा हेटौँडा सरकारी अस्पतालमा डायलासिस सेवा सुरु गरिएको छ । उपमहानगरपालिकाको समन्वय र सहयोग तथा अस्पतालको प्राविधिक व्यवस्थापनमा डायलासिस सेवा सुरु गरिएको छ । अहिले सो अस्पतालमा १० मेसिनमार्फत बिरामीको डायलासिस भइरहेको छ ।

National Life

हेटौँडालगायत मकवानपुरमा डायलासिस गर्नुपर्ने ५३७ बिरामी रहेका छन् । उक्त सेवा हेटौँडामा पाएपछि जिल्ला बाहिर जाने अवस्था नरहेको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए । नगरवासीलाई पहिलो स्वास्थ्य सुविधा दिएपछि पूर्वाधार विकासमा जोड दिएको र आगामी दिनमा समेत अस्पताललाई सहयोग गर्ने उनले बताए ।


यसअघि हेटौँडामा निजी क्षेत्रबाट सञ्चालनमा रहेको चुरेहिल अस्पतालले मात्र डायलासिस सेवा दिइरहेको थियो । हेटौंडाको सरकारी अस्पतालमा सो सेवा उपलब्ध भएपछि वीरगञ्ज, काठमाडौँ र चितवनलगायत ठाउँ डायलासिसका लागि जाने अवस्था हटेकोमा स्थानीय खुसी भएका छन् ।

Classic Tech Desktop

प्रतिकृया