• १७ असोज २०८३, शनिबार
  • ७ः१७ बिहान

संसद् बैठक आज १ बजे बस्ने, एमसीसी पारित गर्ने सरकारको तयारी

प्रकाशित मिति

२०७८ फाल्गुन १५ गते, आईतवार ०६:५१

१५ फागुन २०७८, काठमाडौँ :आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी समेटिएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार आइतबार दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुनेछ।

National Life

सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहायता सम्झौतामाथि छलफल हुने उल्लेख गरिएको हो। उक्त प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नेछन्। यसअघि एमसीसी पारित गर्ने विषयमा सत्ता गठबन्धनका दल सहमत नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा संसद बैठक पटकपटक सारिएको थियो।


बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजे र शुक्रबारका लागि तोकिएको बैठक आइतबारका लागि सारिएको हो। शुक्रबारको बैठकअघि एमसीसीको विषयमा सहमति नभएपछि थप छलफलका लागि बैठक आइतबार दिउँसो १ बजेका लागि सारिएको हो। सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसीको व्याख्यात्मक घोषणासँगै पारित गर्ने तयारी गरेका छन्। संसद बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिमा कार्यसूचीमाथि छलफल हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान साढे ११ बजेका लागि कार्यव्यवस्था परामर्श समिति बैठक आह्वान गरेका छन्। समितिको बैठक नयाँबानेश्वरस्थित शंकर हलमा बस्नेछ। बैठकले कार्यसूचीको तय गर्नेछ। त्यसअघि सत्ता गठबन्धनका नेताबीच एमसीसीको विषयमा थप छलफल हुँदैछ।

प्रतिकृया