• ३० भदौ २०८३, मंगलबार
  • ५ः५७ बिहान

राप्रपा नेपाल भक्तपुर जिल्ला समिति गठन, अध्यक्षमा खत्री चयन

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०६:४४

१२ फागुन २०७८, भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले भक्तपुर जिल्ला समिति गठन गरेको छ । सम्वर्द्धनवाद, सुशासन, र समृद्धिको नारासहित गठन भएको पार्टीको भक्तपुर अध्यक्षमा माधव खत्री चुनिएका छन् । उनको नेतृत्वमा ४३ सदस्यीय समिति गठन गरिएको जनाए ।

National Life

समितिको जिल्ला सदस्यहरुमा क्रमशः श्यामप्रसाद नेपाल, गोपालप्रसाद तिमिल्सिना, विष्णुप्रसाद तिमिल्सिना, विष्णु प्रसाद त्वायनाबासु, ध्रुब गिरी, गणेशदास मानन्धर, शम्भु प्रसाद लामिछाने, कुशबहादुर थापा, कृष्ण बानियाँ, उमेश विष्ट, विजय खड्का, प्रवेशजंग केसी, संगीता लाखेजू, सुरेश कुमार खड्का, रामबहादुर थापा, राजेश बादे, दयाराम ढुकुछु,, दिनेश जोशी, हरिशरण अधिकारी, विजय दाहालm चन्द्रकृष्ण प्रजापति, राजन कार्की, मनोज तिमिल्सना, ज्ञानेन्द्र पन्त, कृष्णबहादु श्रेष्ठ, नारायणी बस्नेत, संगीता खत्री कार्की, रुपा गिरी,, विकास खत्री, सरिता श्रेष्ठ, गोपाल विक, सरिता कुँवर, मनु भण्डारी, हरिबहादुर थापा, सुजन नापित, उमेश राजलवट, रमेश सुवाल, मदनकृष्ण नापित, उषा खुलीमुली, विजय श्रेष्ठ, शनि नापत र रेणुमाया धुकुछु रहेका छन्।


पार्टीले क्रियाशील सदस्यहरुलाई क्रमशः जिम्मेवारी दिँदै अगाडी बढाउने भएको हो । अध्यक्ष खत्रीले समितिमा पदको जिम्मेवारी केही समयपछि टुंग्याउने जानकारी दिए । उनले भक्तपुरमा राप्रपा नेपाललाई बलियो बनाउन र पार्टीले बोकेको मुद्धालाई स्थापित गर्न पार्टीको निर्देशनअनुसार अघि बढ्ने समेत जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया