• २८ भदौ २०८३, आइतबार
  • १२ः२९ दिउँसो

नेप्सेमा ५९ अंकको पहिरो

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०४:११

१२ फागुन २०७८, काठमाडौं साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा झण्डै ५९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५९.९९ अंकले घट्दै २६ सय ६१.४४ विन्दुमा झर्न पुगेको छ ।

National Life

यस्तै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १०.३६ अंकले घट्दै ५०७.५८ विन्दुमा झरेको छ । आज सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।


अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को साइड इफेक्ट देखिएर झण्डै ६० अंकले घटेको बजारमा आज ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया