• ३० भदौ २०८३, मंगलबार
  • ५ः४७ बेलुका

बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०२:४२

१२ फाल्गुन २०७८, काठमाडौं : संयुक्त राज्यका प्रधानमन्त्री बोरिस जोनसनले आकस्मिक सरकारी कोब्रा बैठक बोलाउने भएका छन् ।

National Life

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार बस्ने हाउसको अफ कमन्समा प्रधानमन्त्री जोनसन सहभागी हुनु अगाडि कोब्रा छलफलको आयोजना हुने भएको छ ।


सो समितिले आज नेपाली समय अनुसार दिउँसो सवा ३ बजे रुसको ‘आत्मघाती हमला’ को विषयमा संयुक्त राज्यको प्रतिक्रियाको बारेमा छलफल गर्नेछ ।प्रधानमन्त्री जोनसनले ‘जी सेभेन’ मा सहभागी देशका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअघि नै प्रधानमन्त्री जोनसनले रुसका राष्ट्रपति भ्यादमिर पुटिनले युक्रेनमाथि हमला गर्दैँ ‘विनाशकारी तथा रक्तपात’ को बाटो अपनाएको र यसप्रति संयुक्त राज्य तथा अन्य सहभागी राष्ट्रहरुले ठोस कदम चाल्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया