• २९ भदौ २०८३, सोमबार
  • ३ः२३ दिउँसो

एमसीसीमा मिल्ने सम्भावना छैन, आवश्यकता बमोजिम सडक तात्छ : खनाल

प्रकाशित मिति

२०७८ फाल्गुन १२ गते, बिहीबार ०२:२५

१२ फागुन २०७८, काठमाडौं : एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीमा मिल्ने सम्भावना नरहेको र अब आवश्यकता बमोजिम सडक आन्दोलन चर्किने बताएका छन् ।

National Life

संसद बैठक स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री खनालले भने, ‘सडक आवश्यकता बमोजिम तात्छ, तात्छ मात्र होइन बल्छ ।’


एमसीसीमा मिल्ने सम्भावना नरहेको उनले बताए । एकथरी महाशक्तिको पछाडि लागेको र अर्को पक्ष देशको स्वतन्त्रताको पक्षमा रहेको भन्दै उनले भने “यी दुइटा कहिल्यै मिल्दा पनि मिल्दैनन्, मिल्ने वाला पनि छैनन् ” ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया