• २५ भदौ २०८३, बिहीबार
  • ६ः३५ बेलुका

नेपाललाई विश्वकपमा छनोट गराउने छौँ : सन्दीप

प्रकाशित मिति

२०७८ फाल्गुन १० गते, मंगलवार ०६:४१

१० फागुन २०७८, काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका छन्। आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको सेमिफाइनल प्रवेश गरेको नेपाललाई विश्वकप छनोट खेलाउने उनले बताएका हुन्। त्यसका लागि युएईविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास उनको छ।

National Life

सोमबार क्यानडाविरुद्धको जितपछि बोल्दै कप्तान सन्दीपले यस्तो बताएका हुन्। अहिलेसम्म टिमले शतप्रतिशत दिएको भन्दै उनले यस्तो बताएका हुन्। उनले मंगलबारको खेलमा पनि त्यही लयमा टिम रहने प्रष्ट पारे। ‘हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ’, खेलपछि सन्दीपले भने, ‘त्यसरी नै भोलि पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ।’ सोमबार क्यानडालाई हराएसँगै नेपाल समूह बी को विजेता बनेको हो। आज सेमिफाइनलमा नेपालले युएईविरुद्ध खेल्नेछ।


सन्दीपले समर्थकलाईसमेत धन्यवाद दिएका छन्। ‘सम्पूर्णलाई धन्यवाद, किनभने हामीलाई विश्वास गर्दिनु भएकोमा। हाम्रो लागि भोलि एउटा महत्वपूर्ण खेल छ’, उनले भने, ‘सबै जनाको त्यतिकै माया प्रेम र प्रेसको पनि आशा छ। अहिलेसम्म सबैले माया गर्दिनु भएकोमा धन्यवाद।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया