रुसले सैनिक फिर्ता लगेको कुनै संकेत देखिँदैन – नेटो प्रमुख
प्रकाशित मिति
२०७८ फाल्गुन ५ गते, बिहीबार ०८:४१
५ फागुन २०७८, काठमाडौँ : युक्रेन संकट समाधानको कूटनीतिक मार्ग अझै बाँकी स् अमेरिका–बेलायत युक्रेनको सीमा नजिकबाट रुसी सैनिक फिर्ता हुन थालेको कुनै संकेत नभेटिएको सैन्य गठबन्धन नेटोले जनाएको छ। नेटोका महासचिव जेन्स स्तोल्टेनबर्गका अनुसार रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता बोलाइएको दाबी गरे पनि त्यस्तो अवस्था देखिएको छैन।
रुसले अझै पनि ठूलो संख्यामा आफ्ना सैनिक युक्रेनमाथि आक्रमण गर्न तयारी अवस्थामा राखेको नेटो महासचिव जेन्सले बताए। रुसका कारण उत्पन्न जोखिम ‘न्यू नर्मल’ बनेको उनले बताएका छन्। नेटोले पूर्वी क्षेत्रमा आफ्नो उपस्थिति थप बलियो बनाउनेबारे सोचिरहेको महासचिव जेन्सले बताए।
तर रुसले भने अवस्थाका सम्बन्धमा जेन्सको विश्लेषण अस्वीकार गरेको छ। रुसले आफ्ना केही सैनिक सीमा क्षेत्रबाट फिर्ता भएको दाबी कायम राखेका छन्। युक्रेनलाई लिएर उत्पन्न तनाव अन्त्यका लागि कूटनीतिक प्रयास जारी छ। तर रुसले आक्रमण गरेमा त्यसको कडा जवाफ दिने अमेरिकासहितका पश्चिमा राष्ट्रले बताएका छन्।








प्रतिकृया