• १९ असोज २०८३, सोमबार
  • ४ः५२ बेलुका

भन्सार एजेन्टको परीक्षा केन्द्र तोकियो

प्रकाशित मिति

२०७८ फाल्गुन ५ गते, बिहीबार ०८:२१

५ फागुन २०७८, काठमाडौँ : भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षाको लागि परीक्षा केन्द्र तोकेको छ । यही फागुन २८ गते हुने परीक्षाका लागि काठमाडौंका ४५ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । २०७७ साल चैत १७ गते भन्सार एजेन्टको इजाजतपत्रका लागि दरखास्त आवेदन माग गरिएको थियो ।

National Life

६६० पदका लागि साढे ९ हजारले आवेदन दिएको भन्सार विभागले जनाएको छ । आवेदन दिएका १८ जनाको दोस्रो रोल नम्बरसहितको आवेदन फारम अस्वीकृत गरेर पहिलो रोल नम्बर कायम गरिएको विभागले जनाएको छ ।


ती परीक्षार्थीलाई पहिलो रोल नम्बर कायम भएको प्रवेशपत्र लिएर परीक्षामा सहभागी हुन विभागले आग्रह गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

हेर्नुहोस् भन्सार एजेन्टको परीक्षा केन्द्र

प्रतिकृया