• १७ असोज २०८३, शनिबार
  • ९ः१६ बिहान

सभामुख सापकोटाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रकाशित मिति

२०७८ फाल्गुन २ गते, सोमबार ०७:०३

२ फागुन २०७८, काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सोमबार सर्वदलीय बैठक बस्दैछ । सभामुखले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाइएको हो ।

National Life

उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ । महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् ।

प्रतिकृया