• १८ असोज २०८३, आइतबार
  • ७ः४४ बिहान

बेल फर्किँदा रोकियो रियल

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०८:१७

१ फागुन २०७८, एजेन्सी : करिब ६ महिनापछि गेराथ बेल खेलमा फर्किँदा रियल म्याड्रिड भिल्लेरियालसँग गोलरहित बराबरीमा रोकिएको छ । वेल्सका खेलाडीले म्याड्रिडका लागि गत अगस्त २८ देखि खेलेका थिएनन् । ३२ वर्षीय खेलाडीले दोस्रो हाफको सुरुवातमा गरेको प्रहार पोस्टमा लागेको थियो ।

National Life

त्यस्तै भिल्लेरियालका अरनाउट डानजुमा तथा रियलकै लुका योभिचको प्रहारमा पनि पोस्टमा लाग्न पुगेको थियो । बराबरीपछि रियल दोस्रो स्थानमा रहेको सेभियाभन्दा मात्र ४ अंकले अघि रहेको छ । २४ खेलपछि रियलको ५४ अंक रहेको छ । अब मंगलबार रियलले च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनको सामना गर्नेछ ।


शनिबार नै भएको अन्य खेलमा साबिक विजेता एथ्लेटिको म्याड्रिडले गेटाफेलाई ४-३ गोलले हरायो । जीतसँगै २३ खेलबाट ३९ अंक बटुल्दै एथ्लेटिको लिगको चौथो स्थानमा उक्लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया