• २२ भदौ २०८३, सोमबार
  • ६ः५६ बेलुका

बालकुमारीको मूर्ति भेटिएपछि बाजा सहित सिन्दुर जात्रा

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार १२:५६

२८ माघ २०७८, काठमाडौं : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएके बालकुमारी माईको मूर्ति भेटिएपछि सुनाकोठीवासीले बाजागाजा सहित सिन्दुर जात्रा गरेका छन् । मूर्ति भेटिएको समाचार सार्वजनिक भएलगत्तै सुनाकोठीवासी बाजागाजासहित जावलाखेल आएका थिए ।

National Life

माघ ८ गते हराएको पित्तलबाट बनाइएको दुई फिट अग्लो र डेढ फिट चौडाइको बालकुमारीको मूर्ति फेला परेपछि स्थानीय उत्साहित भएका छन् ।


प्रहरीले आज बिहान खुमलटारस्थित करुणा मन्दिरमा फेला पारेर जावलाखेल ल्याएको मूर्ति गुठीका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेपछि स्थानीयले बाजागाजा र अबिर लगाइदिंदै खुसी साटेका छन् । उक्त मूर्तिलाई पुन सुनाकोठी नै लगिएको छ ।

Classic Tech Desktop

प्रतिकृया