• २३ भदौ २०८३, मंगलबार
  • ११ः१४ राती

होटल कामदार कोठामा मृत फेला

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०७:३४

२७ माघ २०७८, काठमाडौँ : खोटाङमा होटल कामदार कोठामा मृत फेला परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित सिन्धुलीगढी होटलमा काम गर्दै आएका झापाको दमक नगरपालिका–१ का निवासी ४४ वर्षीय विनोदप्रसाद निरौला सुतेकै ठाउँमा मृत फेला परेका हुन्।

National Life

बुधबार दिउँसो १ बजे आराम गर्न भन्दै कोठामा गएका निरौला अबेरसम्म पनि काममा नआएपछि, बोलाउँदा नबोलेको र कोठा नखोलेपछि ढोका तोडेर हेर्दा सुतेकै ठाउँमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर शाहले बताए।


मृतकको शव बिहीबार पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। होटल कामदारको मृत्युका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया