• ४ साउन २०८३, सोमबार
  • १:५२ बिहान

घान्द्रुक यात्रा सुरक्षित बनाउने उद्देश्यले कला भिरमा बनाइयो रेलिङ

प्रकाशित मिति

२०७८ माघ २० गते, बिहीबार ०८:१२

२० माघ २०७८, काठमाडौँ : कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुकस्थित कला भिरमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक किनारमा रेलिङ बनाइएको छ । सो स्थानमा गत असोज २५ गते ग १ ज ६९०० नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनापछि घान्द्रुक यात्राबारे नकारात्मक सन्देश प्रवाह भएको भन्दै यात्रालाई सुरक्षित बनाउने उद्देश्यले रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनले जनाएको छ ।


घान्द्रुकका स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू र देश विदेशमा रहेका दाताहरुको १ लाख ४५ हजार रुपैयाँ आर्थिक सहयोगमा पक्की रेलिङ निर्माण गरेको लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले बताए । साथै घुम्तीहरुमा पाँच वटा ऐना पनि राखिएको उनले बताए ।

Kamana Sewa

रेलिङ निर्माण समितिका संयोजक याम बहादुर गुरुङले रेलिङ निकै बलियो हुने गरी गाडेको भन्दै यसले सवारी साधनलाई बाटोबाट तल भिरमा खस्नबाट रोक्ने विश्वास व्यक्त गरे ।

Classic Tech Desktop

प्रतिकृया