• १९ असोज २०८३, सोमबार
  • १०ः१५ बिहान

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ०४:०३

१८ माघ २०७८, काठमाडौं : एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता भएको छ । उनले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा युवा संघले उजुरी दर्ता गरिएके हो ।

National Life

उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्रिय युवा संघका सहसंयोजक सजिंवकुमार सुरज झाले बताए ।


मन्त्री खतिवडालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३,८,१७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचार संलग्न भएकाले कारवाही गर्न अख्तियारमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया