• २७ भदौ २०८३, शनिबार
  • २ः०८ राती

१६ दिन लगाएर डोल्पामा छायांकन ‘नुनको भारी’ म्युजिक भिडियो

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०७:०१

१६ माघ २०७८ काठमाडौँ : रेलको बाटो गीतबाट चर्चा कमाएका लेखराज गिरिको नुनको भारी म्युजिक भिडियोको पोस्टर सार्बजनिक गरिएको छ । उक्त गीतमा दुर्गमको बास्तबिकता चित्रण गरिएको छ । समिक्षा फिल्मसको ब्यानारमा निर्माण गरिएको उक्त भिडियो डोल्पामा छायाँकन गरिएको हो ।

National Life

बादल थापा मगरको लय र स्वर रहेको उक्त गीतको भिडियो माघ २१ गते सार्बजनिक गरिने निर्माण पक्षले बताएको छ । भिडियोमा रेलको बाटो गीतकै कलाकार लक्ष्मण देबकोटा र सरस्वती खत्रीको साथै बसन्त उदास, रुपचन्द्र बुढा, प्रकाश पहाडी लगाएत अन्य कलाकारहरुको अभिनय रहेको छ ।


बिनय राज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा छायांकन गरिएको उक्त भिडियो भिमसेन कल्याल ठकुरीले खिचेका हुन् । अनिस घर्तिले ड्रोन अपरेट गरेको भिडियो लाई पदम सुबेदिले सम्पादन गरेका छन् भने रङ संयोजन मिलन बिश्वकर्माले गरेका छ्न् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया