• २७ भदौ २०८३, शनिबार
  • १ः२० राती

राप्रपा अध्यक्ष लिङ्देनले दुई/दुई जना उपाध्यक्ष र महामन्त्रीसहित गरे २४ पदाधिकारी मनोनयन

प्रकाशित मिति

२०७८ माघ १६ गते, आईतवार ०६:३९

१६ माघ २०७८, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ पदाधिकारी मनोनित गरेका छन् । उनले हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष मनोनित गरेका छन् भने राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्री बनाएका छन् ।

National Life

त्यस्तै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनित गरेका उनले प्रविनकुमार थोकर तामाङ, दिनेशकुमार साह, पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता मनोनित गरेका हुन् । यस्तै मोहनप्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङलाई सहमहामन्त्री मनोनित भएका छन् ।


सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दीपककुमार राईलाई मनोनित गरिएको लिङ्देनले विज्ञप्तिमार्फत जनाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया