प्रदेश १ मा आज मन्त्रालयको संख्या टुंग्याइँदै
प्रकाशित मिति
२०७८ माघ १६ गते, आईतवार ०६:२३
१६ माघ २०७८, काठमाडौँ : प्रदेश १ सरकारले आइतबार मन्त्रालय विभाजन गर्ने तयारी गरेको छ । त्यसका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्ने मुख्यमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश १ मा हाल सातवटा मन्त्रालय छन् । नियमावली संशोधन गरी मन्त्रालयको संख्या मुख्यमन्त्री कार्यालयसहित १२ पुर्याउने तयारी छ ।
प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विभाजन गर्ने तयारी रहेको बताए । मन्त्रालयको संख्या टुंगो लगाएपछि मन्त्रिपरिषद् विस्तार गर्ने मुख्यमन्त्रीको तयारी छ । स्रोतका अनुसार उनले मन्त्रिपरिषद्को संख्या १५ सदस्यीय बनाउने तयारी गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारपछि माघ २० गतेदेखि प्रदेशसभा बैठक सञ्चालनको तयारी छ । गत मंसिर १ गते स्थगित भएको प्रदेशसभाको अधिवेशन शुरु भएको छैन ।
Related
Recent News
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
- प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि प्रत्यक्ष राहत सामग्री वितरण
- गरिमा चौधरी हत्या प्रकरण : १० आरोपितलाई अदालतले छाड्यो
- गहुँका लागि डीएपी मल जोगाउन तत्काल बिक्री–वितरण रोकियो
- प्रधानमन्त्री बालेन शाहले उद्योगी व्यवसायीसँग छलफल गर्दै
- बाढी प्रभावित उद्योगी व्यवसायीका लागि ५ वर्षसम्म कर छुट दिन एफएनसीसीआईको माग
- पूँजी बजार सुधारका लागि १० देखि १२ बुँदे विशेष कार्यक्रम ल्याउने अर्थमन्त्री वाग्लेको घोषणा
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया