• १८ असोज २०८३, आइतबार
  • ७ः३६ बिहान

एपीफएले हात पार्यो आहा रारा गोल्ड कपको उपाधि

प्रकाशित मिति

२०७८ माघ १५ गते, शनिबार ०५:५१

१५ माघ २०७८, काठमाडौं : आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले हात पारेको छ । आज पोखरा रंगशालामा भएको फाइनलमा मनाङ मस्र्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

National Life

तोकिएको समयावधिमा २–२ गोलको बराबरी भएपछि अतिरिक्त ३० मिनेट दिइएको थियो । अतिरिक्त समयमा पनि थप गोल नभएपछि खेल टाइब्रेकरमा गएको थियो । सहारा क्लब पोखराको आयोजनामा भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।


विजेता एपीएफले १० लाख एक हजार र उपविजेता मनाङले पाँच लाख एक हजार रुपयाँ पुरस्कार पाएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया