• २१ भदौ २०८३, आइतबार
  • ६ः२१ बिहान

वडा सचिवसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर

प्रकाशित मिति

२०७८ माघ १४ गते, शुक्रबार ०३:४१

४ माघ २०७८, काठमाडौं : अख्तियारले नुवाकोट पञ्चकन्या गाउँपालिका–२ की वडा सचिव सरिता राउतसहित तीन जनामाथि भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ ।

National Life

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा सचिव राउत, कार्यालय सहयोगीद्वय रामकुमार गिरी र निलप्रसाद मिश्रविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै ५३ लाख १ हजार ८ सय ५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।


अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणका लागि आएको रकम र विभिन्न शीर्षकबाट उठेको राजस्व रकम शंकास्पद रूपमा हराएको घटनामा परेको उजुरीमाथि अनुसन्धान हुँदा उनीहरूको बदनियत देखिएकाले आरोपपत्र दायर गरिएको हो ।

Classic Tech Desktop

उनीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५९१० एवम् भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिकृया