• २७ भदौ २०८३, शनिबार
  • ७ः५८ बिहान

भ्रष्टाचार नियन्त्रणमा ‘नेपाल असफल’

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०७:२६

१२ माघ २०७८, काठमाडौँ : पछिल्लो एक दशकमा भ्रष्टाचार नियन्त्रणमा नेपालले सुधार गर्न नसकेको देखिएको छ। भ्रष्टाचारमा शून्य सहनशिलता नारामा मात्रै देखिएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआर्ई)ले सार्वजनिक गरिएको २०२१ को भ्रष्टाचार अवधारणा सूचकांक(सीपीआई)मा नेपालको भ्रष्टाचारको अवस्थामा कुनै सुधार नआएको पाइएको छ। सीपीआई २०२१ ले १८० देशको सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा मापन गरेको छ।

National Life

विगत १ वर्ष ९सन् २०२०र२१० मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाद्वारा गरिएका सर्वेक्षणका आधारमा यो सूचकांक सार्वजनिक गरिएको छ। सीपीआई २०२१ मा नेपाललाई १०० मा ३३ अंक (११७ औं स्थान) दिइएको छ। गत वर्ष पनि यस सूचीमा नेपालको अंक ३३ ९११७ औं स्थान० मै थियो । यसअनुसार नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै रहेको टीआईले जनाएको छ ।


अघिल्लो र चालू वर्ष नेपालको स्कोर स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसके टीआई नेपालका अध्यक्ष पदमिनी प्रधानांगले बताइन् । २०१९ मा ३४ अंकसहित नेपाल ११३ औं स्थानमा थियो। त्यस्तै, २०१८ मा ३१ अंक प्राप्त गरी १२४, २०१७ मा ३१ अंकसहित १२२, २०१६ मा २९ अंकसहित १३१,२०१५ मा २७ अंकसहित १३०, २०१४ मा २९ अंकसहित १२६, २०१३ मा ३१ अंकसहित ११६ र २०१२ मा २७ अकंसहित १३९ औं स्थानमा थियो। एक दशकको सूचकांक हेर्दा भ्रष्टाचारमा नेपालको अवस्थामा दयनीय छ। दक्षिण एसियाली देशमा पनि नेपालको अवस्था कमजोर छ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया