• २२ भदौ २०८३, सोमबार
  • ११ः२३ बिहान

कोभिड र ननकोभिडका बिरामीलाई छुट्टा-छुट्टै वाडबाट उपचार गराउँदै नर्भिक (भिडियो सहित)

प्रकाशित मिति

२०७८ माघ ४ गते, मंगलवार ०६:४०

४ माघ २०७८, काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड र ननकोभिडका बिरामिलाई छुट्टा- छुट्टै वार्डको व्यवस्था गरेको छ । कोभिडको महामारिलाई मध्यनजर गदै नर्भिकले उक्त बिधि अपनाएर बिरामीहरुलाई उपचार सेवा गराइरहेको अस्पतालका सिईओ अजय कुमार मिश्रले मातृभुमिलाई बताए ।

National Life

मिश्रले कोरोनाको दास्रो महामारीमा अस्पताललाई पुर्ण कोरोना अस्पतालको रुपमा रुपान्तरण गरेर सबै बेडहरुमा कोरोनाका बिरामीराखेर उपचार गरेको बताए। त्यस्तै, अहिलेको अवस्थालाई पनि ध्यानमा राखि अस्पतालको मुख्य भवनबाट ननकोभिडका बिरामीको उपचार गरेको र कोभिडको लागि सबै जाँच पार्किङतिरको भवनबाट गराईरहेको उनले जानाकारी दिए ।


२८ बर्ष पुरानो नर्भिक अस्पतालले अहिलेसम्म सामान्यतया ५० लाख जति बिरामिको उपचार गरिसकेको मिश्रले दावी गरेका छन् । अस्पतालले गुणस्तरीय, उच्चस्तरीय र विश्वस्तरीयताका साथै सेवालाई अझ राम्रो गर्दै जाने भावी योजना रहेको नर्भिकले हरेक रोगको उपचार सेवा दिदै आईरहेको र त्यसका लागि मध्यम वर्गिय नेपालीदेखि सबैले उपचार गराउन सकिने बताएको छ ।

Classic Tech Desktop

(भिडियो )

प्रतिकृया