• २२ भदौ २०८३, सोमबार
  • २ः३८ दिउँसो

एकीकृत समाजवादी निकट विद्यार्थीले केएमसी कलेजका सञ्चालक सुनील शर्मालाई दले कालोमोसो

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०७:३८

३० पुस २०७८, काठमाडौँ : केएमसी कलेजले मेडिकल विद्यार्थीबाट चर्को शुल्क असुलेको भन्दै विद्यार्थीहरुले विरोध गरिरहेका बेला शुक्रबार सिंहदरबार भित्रै सो कलेजका सञ्चालक सुनील शर्मालाई कालोमोसो दलिएको छ । शुल्क विवादबारे शिक्षा मन्त्रालयमा छलफल गरी फर्किनेक्रममा शर्मालाई नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीले कालोमोसो दलेका हुन् ।

National Life

सो संगठनका अध्यक्ष सुदेश पराजुलीले फेसबुक स्टाटस लेख्दै कालोमोसो दलिएको बताएका छन् । प्रहरीले कालोमोसो दल्ने अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनलाई पक्राउ गरेको छ । अध्यक्ष पराजुलीले उनीहरुलाई रिहा गर्न माग गरेका छन् ।

प्रतिकृया