• २२ भदौ २०८३, सोमबार
  • १०ः०१ राती

तापसीको नयाँ फिल्म ‘लूप लपेटा’को ट्रेलर रिलिज

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०६:०८

२९ पुस २०७८, काठमाडौँ : ‘हसिन दिलरुबा’ र ‘रश्मी रकेट’को सफलतापछि बलिउड अभिनेत्री तापसी पन्नु सन् २०२२ का लागि आफ्नो पहिलो चलचित्र लिएर आउँदैछिन् । ताहिर राज असीन र तापसी पन्नु अभिनित नयाँ चलचित्र ‘लूप लपेटा’को ट्रेलर बिहीबार रिलिज भएको छ ।

National Life

आकाश भाटियाद्वारा निर्देशित यो जर्मन चलचित्र ‘रन लोला रन’को हिन्दी रिमेक हो । हालै तापसीले चलचित्रको रिलिज मिति घोषणा गरेसँगै ‘लूप लपेटा’ चर्चामा छ । यो चलचित्र फेब्रुअरी ४ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।


नेटफ्लिक्सले यो चलचित्रको ट्रेलर सामाजिक सञ्जालबाट सार्वजनिक गरेको हो । यसअघि अभिनेत्री तापसी पन्नुले चलचित्रको ट्रेलर रिलिज हुज लागेको जानकारी दिएकी थिइन् । तापसीले ‘लूप लपेटा’ विचित्र कमेडी चलचित्र भएको बताएकी छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया