• 7:09 pm

‘बतासमाथि एकतर्फी प्रहार भयो’ : एफएनसीसीआई

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०६:३२

३० पुस २०७८, काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले एकतर्फी रूपमा निजी क्षेत्रको चरित्रहत्या भएको दाबी गरेको छ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसन मुछिएपछि एफएनसीसीआईले विज्ञप्ति निकालेको हो । बतासमाथि एकतर्फी प्रहार भएको पनि संस्थाको दाबी छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फी प्रहार हुनु चिन्ताको विषय भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


एफएनसीसीआईले विज्ञप्तिमा लेखेको छ, ‘बतास अर्गनाइजेसनले सरकारले आह्वान गरेको टेन्डरमा कानूनी रूपमा सहभागी भइ आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैरकानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहन्छ ।’


प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारबाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा नलिने, तर त्यसको सत्यतथ्य खोजी हुनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया