• २२ भदौ २०८३, सोमबार
  • ११ः२८ बिहान

कोभिड विरुद्धको खोप वितरणको चुनौती दर्साउने तस्बिर भाइरल

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०३:१९

३० पुस २०७८, काठमाडौँ : ब्रजिलको एमजन क्षेत्रमा आदिवासी समुदायका एक मानिसले पिठ्युँमा आफ्ना बुवालाई बोकेर कोभिड-१९ विरुद्धको खोप लगाउन जाँदै गरेको तस्बिर भाइरल भएको छ। यो तस्बिर विश्वकै सबैभन्दा दुर्गम ठाउँमध्ये एक मानिने उक्त क्षेत्रमा खोप पुर्‍याउन भइरहेका कठिनाइको प्रतीक बनेको छ।

National Life

एक चिकित्सकले खिचेको यो तस्बिरमा खोप लगाएपछि २४ वर्षीय टावीले ६७ वर्षीय पिता वाहुलाई बोकिरहेको देखिन्छ। उनीहरू घण्टौँसम्म जङ्गलको बाटो हिँडेर खोप केन्द्र पुगेका थिए। सरकारी तथ्याङ्कअनुसार कोभिड(१९ का कारण आदिवासी समुदायका ८५३ जनाको मृत्यु भइसकेको छ।


तर आदिवासीहरूको हक तता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाले सङ्ख्या अझै बढी हुनसक्ने जनाएको छ। ब्रजिलको गैरसरकारी संस्था एपिबले सन् २०२० को मार्च देखि २०२१ को मार्चसम्म मात्रै १,००० आदिवासीको मृत्यु भएको जनाएको छ।

Classic Tech Desktop

टावी र वाहु त्यहाँको जोए समुदायका हुन्। उक्त समुदायमा झन्डै ३२५ जना सदस्य छन्। उनीहरू पारा राज्यको उत्तरी क्षेत्रमा १२ लाखवटा फुटबल मैदान बराबरको ठूलो क्षेत्रमा फैलिएका दर्जनौँ एकान्त गाउँहरू बस्दै आएका छन्।


तस्बिर खिच्ने डा। एरिक जेनिङ्स सिमोईका अनुसार वाहु आँखा पनि राम्रोसँग देख्दैनन् र पिसाबसम्बन्धी दीर्घरोगका कारण उनी राम्ररी हिँड्न सक्दैनन्। उनको अनुमानमा टवीले आफ्ना पितालाई खोप लगाउन पाँचदेखि छ घण्टासम्म बोक्नुपरेको थियो।
ूत्यो उनीहरू दुई जनाबीचको प्रेमपूर्वक सम्बन्धको साँच्चिकै सुन्दर दृश्य थियो,ू डा। सिमोईले बीबीसी न्यूज ब्रजिलसँग भने।
उक्त तस्बिर ब्रजिलमा खोप अभियान सुरु हुँदै गर्दा गत वर्ष २०२१ को ज्यानुअरीमा लिइएको थियो।


तर सिमोईले यो वर्षको ज्यानुअरी १ मा मात्रै नयाँ वर्षको आरम्भमा सकारात्मक सन्देश प्रवाहका लागिू यो तस्बिर सार्वजनिक गरे। ब्रजिल कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित देशमध्ये पर्छ। ब्रजिलमा खोप अभियान सुरु हुँदा यहाँका आदिवासीहरूलाई प्राथमिकतामा राखिएको थियो।


तर जोए समुदायलाई हेरिरहेको स्वास्थ्य टोलीका लागि एउटा समस्या देखा पर्‍यो। उनीहरू छरिएर बस्ने भएकाले सबै गाउँमा पुगेर हरेकलाई खोप लगाउन हप्तौँ लाग्ने देखियो। त्यस कारण उनीहरूले जङ्गलमा एउटा छाप्रो तयार गरे र आदिवासी समुदायलाई रेडिओको सहाराले खोप लिन सहमत गराए।


हामीले जोए समुदायका मानिसको संस्कृति र ज्ञानलाई सम्मान गर्ने अभ्यासहरू अपनायौँ, डा.सिमोईले भने। तर गत सेप्टेम्बर महिनामा वाहुको मृत्यु भयो। उनको मृत्युको कारण भने खुल्न सकेको छैन। आफ्नो परिवारसँग बस्दै आएका टावीले भर्खरै खोपको तेस्रो मात्रा लिएका छन्।


  • बीबीसी नेपालीबाट साभार

प्रतिकृया