• २२ भदौ २०८३, सोमबार
  • १२ः११ दिउँसो

ट्रमा सेन्टरको सेवा डिजिटलाइज हुँदै, प्रयोगशाला रिपोर्ट मोबाइलमै आउने

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०३:०९

३० पुस २०७८, काठमाडौँ :  राष्ट्रिय ट्रमा सेन्टरले आफ्नो सेवालाई डिजिटलाइज बनाउँदै लगेको छ। ट्रमा सेन्टरको प्रयोगशालामा स्वास्थ्य परीक्षण गरिएका रिपोर्टहरु बिरामीले घरमै हेर्न पाउने भएका छन्। बिरामीको सहजता र भीड व्यवस्थापनका लागि भन्दै प्रयोगशालाका रिपोर्टहरु बिरामीलाई मोबाइलमै उपलब्ध गराइएको सेन्टरका निर्देशक डा. प्रमोश जोशीले बताए।

National Life

उनले भने, ‘ल्याबको रिपोर्टहरु लिन बिरामी अब अस्पताल आइरहनु पर्दैन। बिरामीको सहजता र भीड व्यवस्थापनका लागि भनेर हामीले ल्याबमा डिजिटलाइज गरेका हौँ।’


ल्याबको टिकट पनि मोबाइलबाटै लिन सकिने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। बिरामीको संख्या वर्षेनी बढीरहेको भन्दै उनले मोबाइलबाटै टिकट काट्न सकिने व्यवस्था गर्न लागिएको बताए।

Classic Tech Desktop

प्रतिकृया