• २४ भदौ २०८३, बुधबार
  • ६ः१५ बेलुका

बहुउद्देश्यीय संघका साधारण सभा रोक्न अन्तरिम आदेश

प्रकाशित मिति

२०७८ पुष २९ गते, बिहीबार ०५:००

२९ पुस २०७८, काठमाडौँ : जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडको ९औ साधारण सभा स्थगित गर्न आदेश दिएको छ । संघको नियम विपरीत साधारणसभा आयोजना गर्न लागेपछि जिल्ला अदालतले सो साधारण सभा नगराउनु र यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।

National Life

उक्त आदेशमा साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने सम्बन्धमा त्यसरी थप सदस्यता प्रदान गर्नबाट रोक लगाउने लगायतका विषयहरु उल्लेख गरी सहकारी विभागमा उजुरी परी त्यसको निर्णय नभएको अवस्थामा र सदस्य संख्या नै विवादित भएको अवस्थामा सो साधारणसभा गर्नु उचित नदेखिएकोआदेशमा उल्लेख छ ।


सो आदेशमा भनिएको छ–कोभिड संक्रमण तिब्रगतिमा फैलिएको अवस्थालाई दृष्टीगत गरी अर्को सूचना नभएसम्म २५ जना भन्दा बढी भेला गर्न समेत रोक लगाएको अवस्थामा संघको साधारणसभा हाललाई नगर्न आदेश दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संघका अध्यक्ष भण्डारीले सदस्यताको विषयमा टुङटो लगाउन बाकी रहेको र कोभिड महामारीको अवस्थामा साधारणसभा गर्न उचित नभएको जानकारी गराउदै सूचना जारी गरेको अवस्थामा एकपक्षिय रुपमा साधारणसभा गर्न लागेपछि अदालतले अन्तरिम आदेश दिएको उल्लेख गर्नुभयो ।


संघले उपाध्यक्ष नारायणभक्त श्रेष्ठ समेतलाई विपक्षी बनाएर मुद्दा दायर गराएको थियो । उपाध्यक्ष सहितको बहुमत भनिएका सदस्यले अध्यक्षको स्वीकृत विना लोगो, ब्यानर प्रयोग गरेको आरोप लागेको छ ।

आदेश सहित

प्रतिकृया