• ३० भदौ २०८३, मंगलबार
  • ११ः११ बिहान

कलेज जाँदै गरेका विद्यार्थीलाई ट्याक्टरले ठक्कर दियो, घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०७८ पुष २८ गते, बुधबार ०८:५३

२८ पुस २०७८, काठमाडौँ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ। बिहान करिब ५:३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो।

National Life

बिपरित दिशाबाट आउँदै गरेको ट्याक्टरको ठक्करबाट २१ वर्षिय बानियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। ठक्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका-६ का १९ वर्षिय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


मृतक बानियाँको शवलाई पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया