• २३ भदौ २०८३, मंगलबार
  • १०ः३४ बिहान

पातञ्जल योग समितिले धान रोपाई गर्दै मनायो राष्ट्रिय धान दिवश

प्रकाशित मिति

२०७६ असार १६ गते, सोमबार ०६:४६

भक्तपुर,०७६ असार १६ ,नबराज काफ्ले भक्तपुर पातञ्जल योग समितिले धान दिवशको अवसर पारेर धान रोपाई गर्दै १६ औ राष्ट्रिय धान दिवश कार्यक्रम मनाएको छ । कृषिसँग जोडिएको पवित्र साँस्कृतिक दिन असार १५ मा परापूर्वकाल देखि दहि चिउरा खाँदै हर्षोल्लासका साथ यो दिनलाई रमाईलो गरि पर्वको रुपमा मनाउने चलन रहिआएको छ । नेपालमा २०६२ सालदेखि असार १५ लाई नेपाल सरकारले विभिन्न समयमा कृषि क्षेत्रलाई प्रर्बद्धन गर्ने कार्यक्रमहरुलाइ जोड दिदै धान दिवशको कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको छ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण,चामल आयतमा न्यूनिकरण भन्ने राष्ट्रिय नाराको उदघोष गर्दै पातञ्जल योग समितिका योग साधकहरुका विच चाँगुनारायण नगरपालिकाको छालिङ्ग स्थित श्रीपञ्चमहालक्ष्मी मन्दिरको प्राङ्गणमा धान दिवश कार्यक्रम सम्पन्न गरिएको थियो ।

National Life

वैदिक विधि अनुसार पञ्चेबाजा सहित धान दिवसको कार्यक्रमलाई उदघाटन गर्दै प्रदेश नं ३ का प्रदेश सभासदस्य माननीय प्रतिमा श्रेष्ठले कोहि मान्छे अनिकाल, भोकले मर्नु नपरोस,हरेक बाजो जमिनलाई उर्बरा बनाउदै प्रशस्तरुपमा कृषिजन्य सामाग्री उत्पादन गरेर कृषिक्षेत्रबाट हरेक नेपालीलाई समृद्धि बनाउन सक्ने विषयमा स्पष्ट धारणा राख्नु हुँदै यस दिशातर्र्फ प्रदेश एव संघिय सरकारले विभिन्न योजनाहरुका साथ अघि बढिरहेको विषयमा अवगत गराउनु भयो । माननीय श्रेष्ठले पातञ्जल योग समिति नेपालले राष्ट्रको संस्कृति एवं परम्परालाई जिवन्त राख्न राष्ट्रिय धान दिवस कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै आयोजक पक्षलाई धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । धान दिवश कार्यक्रममा अनन्त विभुषित मूक्तिनाथ पिठाधिस स्वामी कमलनयनाचार्यले म हरेक विषयमा नेपाल अनि नेपालीपन खोजिरहेको छु,यो सँस्कार मेटिदै गईरहेको प्रति दुःख व्यक्त गर्दै पातञ्जल योग समिति नेपालले आफ्नो राष्ट्र र राष्ट्रियतालाई ह्रदयङ्गम गर्दै योगजागरण अभियानको थालनी गरेकोमा पातञ्जल योग समिति नेपालको खुलेर प्रशंसा गर्नु भएको थियो । साथै पातञ्जल योग समिति नेपाल सँग सहकार्यका साथ अघि बढ्ने उदघोष समेत गर्नु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष एवं पातञ्जल योग समिति नेपालका संरक्षक बालमुकुन्द सुवाल,पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदी,पातञ्जल योग समिति नेपालका सल्लाहकार संयोजक होमनाथ गौतम,ईन्टरनेशनल हिलिङ्ग थेरापीका प्रशिक्षक डा अर्पना भट्ट,पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य रामनाथ अधिकारी,केन्द्रिय सदस्य योग प्रसाद आचार्य,धान दिवस कार्यक्रमका संयोजक एवं पातञ्जल भक्तपुर जिल्ला उपाध्यक्ष रज्जु सापकोटा,वेभग्रुपका अध्यक्ष एवं हनुमन्ते नदि सफाई अभियानका प्रमुख अभियान्ता नरेश रन्जितले धान दिवशको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

प्रतिकृया