• १९ असोज २०८३, सोमबार
  • १०ः४६ बिहान

१६ प्रतिशत लाभांश दिँदै गरिमा विकास बैंक

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १२:५५

२२ पुस २०७८, काठमाडौं : गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७\७८ को मुनाफाबाट अधिकतम १६ प्रतिशत बोनस सेयर दिने भएको हो ।

National Life

बिहिबार बसेको बैंक सञ्चालक समितिको बैठकले १६ प्रतिशतको लाभांश वितरणको प्रस्ताव गरेको हो । यद्यपि, लाभांशमा लाग्ने कर भने सेयरधनी आफैले तिर्नुपर्ने बैंकले जनाएको छ ।


यस वर्ष गरिमा विकास बैंकले कुल ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनस शेयर बितरण गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।


बैंकले सहारा विकास बैंकलाई प्राप्ति पश्चात कायम ३ अर्व ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ बराबरको चुक्ता पुँजी बाट १६ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।


सहारा विकास बैंक प्राप्तिपछि हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको गत आवबाट प्रस्तावित १६ प्रतिशतले हुन आउने ६३ करोड १७ लाख ९ हजार २९७ रुपैयाँ बराबरको बोनस सेयर वितरणपछि ४ अर्ब ५७ करोड ९८ लाख ९२ हजार ४०२ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रतिकृया