• १९ असोज २०८३, सोमबार
  • ५ः५६ बेलुका

राजा वीरेन्द्रको बग्गी प्रदर्शनीमा

प्रकाशित मिति

२०७८ पुष २२ गते, बिहीबार १०:२१

२२ पुस २०७८, काठमाडौँ : नारायणहिटी संग्रहालयल अवलोकन गर्ने आउनेले अब स्वर्गीय राजा वीरेन्द्रले शुभ– ज्यभिषेकमा प्रयोग गरेको बग्गी हेर्न पाउने भएका छन् । नेपाली सेनाको क्याबलरी गुल्ममा रहेको सो बग्गी मर्मत गरी संग्रहालय प्रशासनले मंगलबारदेखि प्रदर्शनीमा राखेको छ ।

National Life

नेपाली सेनाले उक्त बग्गी संग्रहालय प्रशासनलाई हस्तान्तरण गरेपछि मर्मत गरी अवलोकनका लागि संग्रहालय परिसरमा राखिएको हो ।


बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उक्त बग्गी उपहार दिएकी थिइन् । स्वर्गीय राजा वीरेन्द्रले विसं २०३१ मा सोही बग्गीमा सवार भएर राज्यभिषेक गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop
  • नेपाल समाचारपत्र दैनिकबाट

प्रतिकृया