• २३ भदौ २०८३, मंगलबार
  • ११ः०८ बिहान

प्रेम गीत-३’ को मुख्य नायिकामा छानिइन् कृष्टिना

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०३:०३

 

National Life

अडिसनमार्फत मुख्य नायिकाको आवेदन खुल्ला गरेको ‘प्रेमगीत–३’ युनिटले अन्ततः कृष्टिना गुरुङलाई छानेको छ।

अब चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारको छनौट बाँकी रहेको छ। त्यसपछि निर्माण टिमले चलचित्रको औपचारिक घोषणा गर्ने तयारी गरेको छ। ‘प्रेमगीत’को पहिलो र दोश्रो संस्करणमा ‘प्रेम’को भूमिका निभाएका प्रदिप खड्का नै तेश्रो संस्करणमा दोहोरिने पक्का छ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, निर्माण युनिटले यसलाई औपचारिक रुपमा घोषणा भने गरिसकेको छैन।अडिसनकै लागि अमेरिकाबाट नेपाल आएकी कृष्टिनाले सहभागी २ हजार ७ सय १४ जना प्रतिष्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएको फिल्म युनिटको दाबी छ।

फिल्मका निर्माता सन्तोष सेनका अनुसार २ हजार ७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि उत्कृष्ट पाँच छनौट गर्दै अहिले कृष्टिनालाई मुख्य नायिकाको रुपमा छानिएको हो।‘उत्कृष्ट २५ मा छानिएका धेरैजसो उत्कृष्ट हुनुहुन्थ्यो तर हामीले खोजेजस्तो ‘गीत’ पात्र क्रिस्टनामा पायौँ, त्यसैले उहाँलाई अनुबन्धित गरिएको हो,’ निर्माता सेनले भने। आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुने यो फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन्। निर्माण टिमले कलाकारहरुमा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मीलगायतलाई यसअघि नै फाइनल गरिसकेको थियो।

तस्बिरः

krishtna

kris

krish

 

प्रतिकृया