• २४ भदौ २०८३, बुधबार
  • २ः५२ दिउँसो

प्रहरी अधिकृत(प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०१:५५

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच सोही प्रतिष्ठानमा संचालित २८औं समूहको प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै नेपाल प्रहरीको प्रशिक्षण प्रणालीभित्र संचालन हुने जुनसुकै दर्जाको आधारभूत तालिम महत्वपूर्ण र विशेष हुने बताउनुभयो । आधारभूत  तालिमको माध्यमबाट एउटा नागरिक व्यवसायिक प्रहरीमा रुपान्तरण हुने उहाँले उल्लेख गर्नुभयो ।

National Life

प्रतिष्ठानले संचालन गर्ने विभिन्न प्रकारका आधारभूत तालिममध्ये व्यावसायिक प्राविधिक प्रहरी जनशक्ति उत्पादन गर्न प्राविधिक आधारभूत तालिम संचालन गर्दै आएको चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्रशिक्षार्थीलाई सक्षम र व्यावसायिक प्रहरी अधिकृत बनाउन उपलब्ध साधन श्रोत र जनशक्तिको उच्चतम परिचालन गरी तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीलाई प्रशिक्षण मैत्री वातावरण दिई प्रशिक्षण कार्यलाई बैज्ञानिक र व्यवहार उपयोगी बनाउन हर सम्भव प्रयास गरिएको उहाँले उल्लेख गर्नुभयो ।

प्रशिक्षार्थीले सिकेका कुरा आफ्नो व्यवहारमा ल्याएमा मात्र सिकाईएका कार्य पूर्ण हुने बताउँदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले तालिमको अवधिमा हासिल गरेका ज्ञान, सीप तथा दक्षताको प्रयोग गर्दै कार्यक्षेत्रमा परिणाममुखी नतिजा प्राप्त गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरले प्रशिक्षार्थीहरुलाई शब्दोच्चारणद्वारा सपथ ग्रहण गराउनु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त अवसरमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक प्रकाश मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७५ फागुन १५ गतेदेखि संचालन भएको उक्त तालिममा प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ७ जना, प्रहरी निरीक्षक १२ जना र प्रहरी नायव निरीक्षक २ जना गरी कुल २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो । साथै प्रशिक्षार्थीहरुलाई प्रशिक्षार्थीहरुका अभिभावकहरुले दर्ज्यानी चिन्हद्धारा सु-सुशोभन समेत गर्नुभएको थियो ।
समारोहमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरिक्षक  दुर्गा थापा, प्रहरी नायव महानरीक्षकहरु, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी अधिकृतहरु लगायत प्रशिक्षार्थीहरुका अभिभावकको उपस्थिति रहेको थियो ।

प्रतिकृया