• २३ भदौ २०८३, मंगलबार
  • ३ः५६ राती

नेपाली फिल्ममा केही गर्ने संकल्प : अभिनेत्री शिल्पा

प्रकाशित मिति

२०७६ असार १५ गते, आईतवार ०२:०३

अभिनेत्री शिल्पा मास्केले नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएको बताएकी छन ।

National Life

सुयोग गुरुङ्ग निर्देशनमा रहेको फिल्मको सानो मन’ को प्रचारमा रहेको फिल्म यूनिटले चितवनमा पत्रकारसँग अन्तरक्रियामा बोल्दै नायीका मास्केले फिल्ममा आफूले निकै मेहनत गरेको र दर्शकलाई फिल्म मनपर्ने विश्वास रहेको बताइन । लण्डनमा बसेर एक हलिउड फिल्ममा अभिनय गरेकोे अनुभव सुनाउँदै उनले नेपाली फिल्ममा केही गर्ने संकल्प लिएर आएको बताइन् ।

उक्त अन्तरक्रियामा सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले फिल्मको बारेमा जानकारी गराएका थिए । फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारहरुको अभिनय रहेको छ  ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया