• २० असोज २०८३, मंगलबार
  • ३ः३२ राती

नेप्सेले यस वर्षको लाभांश वितरण गर्न पुस २९ गते बोलायो साधारण सभा

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार १०:५५

८ पुस २०७८, काठमाडौँ : धितोपत्र दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले यस वर्ष १६६ दशमलव ६७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेले हाल कायम चुक्तापूँजी रू. ६० करोडको आधारमा एक सय प्रतिशत कर समेत नगद लाभांश र ६६ दशमलव ६७ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो ।

National Life

उक्त प्रस्ताव पारितका लागि पुस २९ गते नेप्सेले ४०औं वार्षिक साधारण सभा बोलाएको छ । नेप्सेको युएनआई, शान्तिमार्ग, काठमाडौंमा रहेको कार्यालयमा विहान ११ बजे सभा बोलाइएको हो ।


सभाले लाभांश सहित गत आर्थिक वर्ष ०७७/७८ सम्मको सिडिएस एण्ड क्लियरिङ लिमिटेड सहितको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि अन्तिम रुप दिनेछ । साधारण सभा प्रयोजनका लागि नेप्सेले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया