• १८ असोज २०८३, आइतबार
  • ८ः४४ बिहान

बेन्जिमाले सुरुमै गरेको दुई गोलले रियल मड्रिड विजयी

प्रकाशित मिति

२०७८ पुष ८ गते, बिहीबार ०७:४१

८ पुस २०७८, काठमाडौँ : स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा करिम बेन्जिमाले दुई गोल गरेर एथ्लेटिको बिल्बाओमाथि २–१ को जित दिलाएका हुन् । बेन्जिमाले चौथो र सातौँ मिनेटमा गोल गरेका हुन् ।

National Life

रियल मड्रिडका बेन्जिमाले यो सिजन २० गोल गरेका छन् । एथ्लेटिको बिल्बाओका लागि १० औँ मिनेटमा सान्सेटले एक गोल फर्काएका हुन् ।जितपछि शीर्ष स्थानको रियल मड्रिडको १९ खेलबाट ४६ अंक भएको छ । २४ अंकसहित एथ्लेटीको बिल्बाओ १० औँ स्थानमा छ ।


बुधबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिड पराजित भएको छ । ग्रानाडासँग एथ्लेटिको मड्रिड २–१ ले पराजित भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया