• १८ असोज २०८३, आइतबार
  • १ः०२ दिउँसो

लालबकैया नदीमा डुबेर एकजना वृद्धको मृत्यु

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०८:०१

७ पुस २०७८, काठमाडौँ : रौतहटको कटहरिया नगरक्षेत्र अन्तर्गत लालबकैया नदीमा डुबेर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरिया ४ टोलापुरका ६० वर्षीय नागेन्द्र महतो रहेको इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई सुरेश गुप्ताले बताए ।

National Life

मृतकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक नागेन्द्र महतो पछिल्लो केही दिनदेखि घरबाट हराइरहेकाले उनको एक दुई दिन अघि नै डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिकृया