• १८ असोज २०८३, आइतबार
  • १ः४७ दिउँसो

स्थगित भएको ‘मिस वर्ल्ड’को फिनाले मार्च १६ मा हुने

प्रकाशित मिति

२०७८ पुष ७ गते, बुधबार ०७:५४

७ पुस २०७८, काठमाडौँ : विश्वकै चर्चित सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड’को फिनाले कोरोनाका कारण आयोजना हुन सकेन । फिनालेको एक दिनअघि आयोजकले कार्यक्रम स्थगित गरेको थियो । प्रतिस्पर्धी र आयोजक टिमका सदस्यहरुमा कोरोना संक्रमण भएपछि कार्यक्रम स्थगित गरिएको थियो ।

National Life

तर, अब यो कार्यक्रमको नयाँ मिति सार्वजनिक गरिएको छ । आयोजकले जारी गरेको विज्ञप्तिमा आउँदो वर्षको मार्च १६ तारिखमा यो कार्यक्रम आयोजना हुनेछ । आयोजकले विश्वभरका प्रतिस्पर्धीहरुले मार्च १६ अर्थात् चैत २ गते अमेरिकामा प्रतिस्पर्धा गर्ने बताएको छ । कार्यक्रम स्थगित भएपछि मिस नेपाल नम्रता श्रेष्ठ पनि स्वदेश फर्किसकेकी छन् ।

प्रतिकृया