• ३१ भदौ २०८३, बुधबार
  • ९ः२९ राती

ट्रक भित्रै बलात्कार

प्रकाशित मिति

२०७६ असार १४ गते, शनिबार ०८:२६

नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सहचालकले सवारीभित्र बलात्कार गरेका छन् । बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा चालक र सहचालक पक्राउ परेका छन् ।

National Life

ट्रकका चालक मोरङ उर्लाबारी नगरपालिका–३ सूर्यचोकका ३० वर्षीय विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको छ । उनीहरुले व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर बलात्कार गरेका थिए ।

अन्नपूर्णपोस्ट दैनिकबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया