• १८ असोज २०८३, आइतबार
  • ८ः४६ बिहान

साफ यु १९ च्याम्पियनसिप : भारतसँग पराजित हुँदा नेपाल फाइनल पुग्न असफल

प्रकाशित मिति

२०७८ पुष ५ गते, सोमबार ०८:३०

५ पुस २०७८, काठमाडौँ : बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो। पराजयसँगै नेपाल फाइनल पुग्न असफल भएको छ। नेपाल साबिक उपविजेता हो। नेपाल तेस्रो स्थानमा रहँदै यु–१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ।

National Life

आइतबार भएको खेलमा भारतको जीतका लागि प्रियङ्का देवीले गरेको एक गोल नै निर्णायक बन्यो। उनले खेलको ६७औं मिनेटमा गोल गरेका थिए। उक्त जीतसँगै भारत प्रतियोगिताको फाइनलमा पुगेको छ।


भारतसँग पराजित भएको नेपाललाई फाइनल पुग्न आइतबार नै भएको अर्को खेलमा साविक विजेता बंगलादेशलाई श्रीलंकाले पराजित गर्नुपथ्र्यो तर खेल बंगलादेशले १२–० गोलमा श्रीलंकालाई हराएको थियो। उक्त जीतसँगै बंगलादेश १० अंक बनाउँदै शीर्षस्थानमा रहेर प्रतियोगिताको फाइनल पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

उपाधिका लागि भारत र बंगलादेश भिड्नेछन्।

प्रतिकृया