• १९ असोज २०८३, सोमबार
  • ९ः२६ राती

भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउँदै

प्रकाशित मिति

२०७८ मंसिर २९ गते, बुधबार ०५:२१

२९ मंसिर २०७८, बुधबार : भोलि र पर्सी गरी करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्स एन्ड जोन्सन नेपाल आउने भएको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सी गरी २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोप आउन लागेको जानकारी दिए ।

National Life

उनका अनुसार भोलि बिहान ७: ४५ बजे ७ लाख १९ हजार ६५० डोज आउने छ। बाँकी १४ लाख ५७ हजार डोज खोप पर्सी आउने थापाले बताए। खोप युनिसेफ मार्फत आउन लागेको हो।


यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो। जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। अन्य खोप भने दुई डोज लगाउनु पर्छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया